Logo

Oct 24 2025 | २०८२, कात्तिक ७गते

Oct 24 2025 | २०८२, कात्तिक ७गते

images

राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ५० अर्ब रुपैयाँ खिच्ने

राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ५० अर्ब रुपैयाँ खिच्ने

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (भदौ १८ गते) बैंकिङ प्रणालीबाट फेरि ५० अर्ब रुपैयाँ तान्ने भएको छ। हाल बजारमा अधिक तरलता भएको भन्दै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण  प्रयोग गर्दै पैसा खिच्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल  हुने राष्ट्र बैंकले जनाएको छ।

    निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँदेखि आवेदन दिन सक्नेछन्। बढीमा भने ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने व्यवस्था छ। यसमा निक्षेप संकलन ब्याजदरमा बोलकबोल गर्नुपर्नेछ र बहुब्याजदरमा बहुबोलकबोल गर्न सकिने पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ।

    यो निक्षेप संकलन उपकरणमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। राष्ट्र बैंकका अनुसार, यो २५ दिने निक्षेप असोज १२ गते साँवा तथा ब्याजसहित भुक्तानी गरिनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij