Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

सांसद नेम्बाङले इम्बोस्ड नम्बर प्लेटको तत्काल कार्यान्वयन फिर्ता गर्न सरकारसँग माग

सांसद नेम्बाङले इम्बोस्ड नम्बर प्लेटको तत्काल कार्यान्वयन फिर्ता गर्न सरकारसँग माग

  • काठमाडौँ ।प्रतिनिधि सभाका सांसद सुहाङ नेम्बाङले सरकारले हतारमा इम्बोस्ड नम्बर प्लेट लागू गर्ने नियम ल्याएकोमा प्रश्न उठाउँदै, यसले नागरिकमा थप भार मात्र सिर्जना गरेको बताउनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा शून्य समयमा भाग लिँदै नेम्बाङले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय उठाउन चाहेको स्पष्ट पार्नुभयो।

    सांसद नेम्बाङले भन्नुभयो, “सवारी साधन भएका नागरिकमा एकपछि अर्को भार परेको छ। गाडी किन्ना उच्च कर तिर्नुपर्छ, प्रत्येक वर्ष अनिवार्य बीमा, सडक कर भर्न लामो लाइन बस्नुपर्छ, र लाइसेन्स बनाउँदा फारम, परीक्षा र ट्रायलमा लामो लाइनको सामना गर्नु पर्छ। यस्तो अवस्थामा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्नु जनतालाई सुविधा दिनु भन्दा बढी सास्ती बढाउने काम हो।”

    उहाँले प्रश्न गर्नुभयो कि इम्बोस्ड नम्बर प्लेटको उद्देश्य के हो र के पर्याप्त प्रविधि, सेवा केन्द्र र जनशक्ति तयार छन् कि छैनन्। वर्षौं कुर्नुपर्ने लाइसेन्स प्रणालीको समस्या समाधान नगरी थप नियम किन लागू गर्न खोजिएको भन्ने विषयमा समेत चासो व्यक्त गर्नुभयो।

    साथै, इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषाको प्रयोग भएकोमा पनि आपत्ति व्यक्त गर्दै भाषा र भावनासँग जोडिएको विषयलाई ध्यानमा राख्दै तत्काल नियम फिर्ता गर्न सरकारसँग अनुरोध गर्नुभयो। सांसद नेम्बाङले भने, “आम जनताले हाम्रो भाषा र भावनासँग जोडेर प्रश्न उठाइरहेका छन्। त्यसैले मेरो विनम्र आग्रह छ, सरकारले तत्काल इम्बोस्ड नम्बर प्लेट कार्यान्वयन स्थगित गरी आवश्यक पूर्वाधार, प्रविधि र जनशक्तिको सुनिश्चितता गरेपछिमात्र चरणबद्ध रूपमा अघि बढाओस्।”

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij