Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दो , करिब ७० हजारले मात्र आईपीओमा आवेदन

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दो , करिब ७० हजारले मात्र आईपीओमा आवेदन

  • काठमाडौँ ।वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा मात्रै नयाँ श्रम स्वीकृति लिएर ५,०५,९५७ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् भने नवीकरण गरेर जाने ३,३३,३०९ जना छन्।

    यसरी कुल ८,३९,२६६ जना विदेशिएका छन्, जुन अघिल्लो वर्षभन्दा ११.६७ प्रतिशतले बढी हो। पछिल्ला १० वर्षमा मात्रै ५५ लाखभन्दा बढी नेपाली श्रम स्वीकृति लिएर विदेश गएका छन्। नेपाल सरकारले यिनै वैदेशिक रोजगारीमा गएकालाई प्राथमिक निष्कासनमा १० प्रतिशत शेयर आरक्षण गरेको छ तर त्यसको प्रभाव न्यून देखिएको छ। तथ्याङ्कअनुसार ५५ लाखमध्ये जम्मा ९५ हजार २८६ जनाले मात्र सिआरएन लिएका छन्, जसमा करिब ७० हजारले मात्रै आईपीओमा आवेदन दिएका छन्।

    यसरी १.७३ प्रतिशत मात्र योग्य देखिए पनि वास्तविक आवेदन दिने संख्या १.२७ प्रतिशतमा सीमित भएको छ। यसका पछाडि औपचारिक विप्रेषण खाता अनिवार्य गरिएको नियम मुख्य कारण मानिएको छ, किनकि धेरैजना अझै हुन्डीमार्फत पैसा पठाउँछन् जसले गर्दा ६ महिनामा न्यूनतम ५० हजार रुपैयाँ बैंक खातामा जम्मा गर्न नसक्दा आवेदन अस्वीकृत हुन्छ। साथै ग्रामीण क्षेत्रका मानिस वैदेशिक रोजगारीमा जाने भएकाले आरक्षणबारे चेतना पनि पर्याप्त नभएको पाइएको छ।

    यो व्यवस्था पूर्वअर्थमन्त्री जनार्दन शर्माले २०७९ जेठ १४ गते प्रस्तुत गरेको बजेटमार्फत ल्याएका थिए र नेपाल धितोपत्र बोर्डले २०७९ भदौ २६ देखि लागू गरेको हो। त्यसपछि कालिन्चोक दर्शन प्रालीले २०७९ मंसिर १४ गतेदेखि पहिलोपटक विदेशमा रहेका नेपालीका लागि प्राथमिक निष्कासन गरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij