Logo

Sep 06 2025 | २०८२, भदौ २१गते

Sep 06 2025 | २०८२, भदौ २१गते

images

एसवाई प्यानल नेपाल लिमिटेडले भदौ २९ गतेदेखि आईपीओ निष्काशन गर्ने

एसवाई प्यानल नेपाल लिमिटेडले भदौ २९ गतेदेखि आईपीओ निष्काशन गर्ने

  • काठमाडौँ ।एसवाई प्यानल नेपाल लिमिटेडले भदौ २९ गतेदेखि प्रारम्भिक सार्वजनिक प्रस्ताव (IPO) निष्काशन गर्ने भएको छ। कम्पनीले जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँमध्ये ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्न पाउने अनुमति पाएको हो। यसमध्ये २ लाख ६१ हजार ६२९ कित्ता शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा—चितवन जिल्लाको रत्ननगर नगरपालिकाका सम्पूर्ण वडावासी—का लागि छुट्याइएको छ। त्यस्तै, ४ लाख ९७ हजार ९२ कित्ता शेयर विदेशमा रोजगारीमा रहेका नेपालीका लागि, १ लाख ४९ हजार १२७ कित्ता कम्पनीका कर्मचारीका लागि र २ लाख ४८ हजार ५४६ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

    आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। उद्योग प्रभावित स्थानीय बासिन्दाका लागि आवेदन बन्द हुने मिति छिटोमा असोज १२ र ढिलोमा असोज २७ सम्म रहनेछ। विदेशमा रहेका नेपालीका लागि भने आवेदन छिटोमा असोज १ र ढिलोमा असोज १२ सम्म खुला रहनेछ।

    आईपीओ निष्काशनको लागि गरिएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ डबल बी (BB) प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले एसवाई प्यानल नेपाल (रत्ननगर, चितवन), प्रभु क्यापिटल (कमलादी) वा प्रभु बैंकका सौराहा र टाँडी शाखामा गएर वा अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क तिर्नुपर्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij