Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

मेयर बालेन शाहद्वारा 'जेनजी' पुस्ताको भ्रष्टाचारविरोधी र्‍यालीलाई पूर्ण समर्थन

मेयर बालेन शाहद्वारा 'जेनजी' पुस्ताको भ्रष्टाचारविरोधी र्‍यालीलाई पूर्ण समर्थन

  • काठमाडौँ।काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सोमबार हुने 'जेनजी' पुस्ताको भ्रष्टाचारविरोधी र्‍यालीलाई पूर्ण समर्थन जनाएका छन्।

    शाहले आफ्नो फेसबुकमार्फत यो र्‍याली स्वस्फूर्त र २८ वर्षभन्दा कम उमेरका युवाहरूको भएको बताए। उनले स्पष्ट पार्नुभयो कि कुनै पनि पार्टी, नेता वा अभियन्ताले व्यक्तिगत स्वार्थ पूरा गर्न यस र्‍यालीको प्रयोग गर्नु हुँदैन।

    उमेर हदका कारण आफुलाई र्‍यालीमा सहभागी हुन नपर्ने भए पनि शाहले युवाहरूको इच्छा, उद्देश्य र सोच बुझ्न इच्छुक रहेको उल्लेख गर्नुभयो। उनले लेखेका छन्, “भोलीको र्‍याली स्पष्ट र स्वस्फूर्तरूपमा जेनजीको हो, जसका लागि म पनि अझै बुढो देखिन्छु।”

    युवाहरूलाई सम्बोधन गर्दै मेयर शाहले प्रश्न गर्नुभयो, “कस्तो देश देख्न चाहनुहुन्छ?” साथै उनले चेतावनी दिनुभयो कि र्‍यालीमा कुनै राजनीतिक दल, नेता वा कार्यकर्ताले बाठो बन्ने प्रयास नगर्नुपर्छ। शाहले युवाहरूको कुरा बुझ्न र उनीहरूको उद्देश्यमा समर्थन जनाउन आवश्यक रहेको बताए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij