Logo

Sep 09 2025 | २०८२, भदौ २४गते

Sep 09 2025 | २०८२, भदौ २४गते

images

काठमाडौंको चक्रपथ क्षेत्रमा कर्फ्यु जारी

काठमाडौंको चक्रपथ क्षेत्रमा कर्फ्यु जारी

  • काठमाडौं ।   जिल्ला प्रशासन कार्यालय काठमाडौँमा कर्फ्यु आदेश जारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंगलबार बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म काठमाडौँ महानगरको चक्रपथ क्षेत्र भित्र कर्फ्यु आदेश जारी गरेको छ।

    प्रशासनका अनुसार चक्रपथ क्षेत्रमा अनधिकृत भेला, र्‍याली, प्रदर्शन तथा भीडभाड पूर्णरूपमा निषेध गरिएको छ। आदेश उल्लंघन गर्नेहरूमाथि कानुनअनुसार कडा कारबाही हुने चेतावनी दिइएको छ।

    कर्फ्युको अवधिभर सामान्य नागरिकलाई अपरिहार्य कामबाहेक घरबाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij