Logo

Sep 10 2025 | २०८२, भदौ २५गते

Sep 10 2025 | २०८२, भदौ २५गते

images

पर्यटन क्षेत्र संकटमा : पर्वतारोहण संघ र टानको शान्ति अपिल

पर्यटन क्षेत्र संकटमा : पर्वतारोहण संघ र टानको शान्ति अपिल

  • काठमाडौं । नेपालको पर्यटन क्षेत्र कठिन परिस्थितिमा पुगेको भन्दै नेपाल पर्वतारोहण संघ र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले संयुक्त विज्ञप्ति जारी गरेका छन्।

    संस्थाहरूले जेनजीले उठाएका माग तत्काल सम्बोधन गरी शान्ति सुव्यवस्था कायम गर्दै पर्यटनमैत्री वातावरण सिर्जना गर्न सरकारलाई आग्रह गरेका छन्।

    विज्ञप्तिमा भनिएको छ, “जेनजीका माग सम्बोधन गर्न एकपल पनि ढिला गर्नुहुन्न। देशलाई थप क्षति हुनबाट जोगाउन अब उपरान्त ध्वंशको बाटो सदाका लागि अन्त्य हुनुपर्छ।”

    साथै, दुवै संस्थाले निश्कलंक र सर्वस्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकार गठन गरी शान्ति र अमनचयन कायम गर्न अनुरोध गरेका छन्।

    जेनजी आन्दोलनका क्रममा निधन भएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना समेत प्रकट गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij