Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

सिंहदरबारभित्रको डाटा सेन्टर सुरक्षित

सिंहदरबारभित्रको डाटा सेन्टर सुरक्षित

  • काठमाडौँ। सिंहदरबार परिसरभित्र रहेको डाटा सेन्टर सुरक्षित रहेको सम्बन्धित निकायले जनाएको छ। पछिल्ला दिनमा फैलिएका विभिन्न अफवाहलाई असत्य ठहर गर्दै डाटा सेन्टरमा कुनै समस्या नभएको प्राविधिक टोलीले स्पष्ट गरेको हो।

    सूचना प्रविधि विभागका अनुसार आवश्यक सुरक्षा प्रणाली र ब्याकअप व्यवस्थापनका कारण डाटा सेन्टरमा रहेका महत्वपूर्ण अभिलेख र तथ्यांक सुरक्षित छन्। विभागले नियमित अनुगमन र निगरानी गरिँदै आएको जानकारी दिँदै, नागरिकलाई नआत्तिन आग्रह गरेको छ।

    सरकारका नीति–निर्देशन, सेवा प्रवाह र अभिलेख व्यवस्थापनसँग सम्बन्धित अधिकांश तथ्यांक यही डाटा सेन्टरमार्फत सञ्चालित हुने भएकाले यसको सुरक्षा सुनिश्चित गरिएको विभागले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij