Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

भाटभटेनी लुटपाटमा संलग्न ४ पक्राउ, ठूलो परिमाणमा नगद र डलर बरामद

भाटभटेनी लुटपाटमा संलग्न ४ पक्राउ, ठूलो परिमाणमा नगद र डलर बरामद

  •  

    काठमाडौँ । देशभर सुरक्षा निकाय परिचालनसँगै राजधानीमा भएका आपराधिक गतिविधिहरूमा नियन्त्रण मिल्न थालेको छ। आज बिहान १० बजे देखि दिउँसो १ बजेसम्म महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न चार जना व्यक्तिलाई पक्राउ गरिएको नेपाली सेनाले जनाएको छ।

    त्यसैगरी डिल्लीबजार–नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न समूहले सुरक्षाकर्मी देखेपछि छाडेर भाग्दा नेपाली रुपैयाँ २,३२,५०० र अमेरिकी डलर २,५०० बरामद भएको छ। सेनाले जारी गरेको विज्ञप्तिमा हालसम्म सुरक्षाकर्मीबाट लुटिएका थप हतियारसहित ३२ नाल फिर्ता गरिएको उल्लेख छ।

    यसैबीच, डडेलधुरास्थित जिल्ला कारागारबाट फरार भएका मध्ये २६ जना कैदीलाई नियन्त्रणमा लिइएको र काठमाडौँ डिल्लीबजार सदर कारागारबाट भाग्ने प्रयास गरेका कैदीलाई समेत समयमै रोकिएको सेनाले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij