Logo

Sep 10 2025 | २०८२, भदौ २५गते

Sep 10 2025 | २०८२, भदौ २५गते

images

जेनजी आन्दोलन : ७१३ जना उपचारपछि घर फर्किए, मृतक ३० जनामा बढ्यो

जेनजी आन्दोलन : ७१३ जना उपचारपछि घर फर्किए, मृतक ३० जनामा बढ्यो

  • काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ३० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आन्दोलनका क्रममा घाइते भएका १ हजार ३३ जनामध्ये ७१३ जना उपचारपछि घर फर्किएका छन् भने २५३ जना अझै विभिन्न अस्पतालमा उपचाररत छन्।

    सबैभन्दा धेरै घाइतेहरू सिभिल अस्पतालमा भर्ना गरिएको थियो। ४३६ जनामध्ये ३४४ जना डिस्चार्ज भए पनि ६ जनाको उपचारकै क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ। त्यस्तै, टिचिङ अस्पतालमा १, केएमसीमा २, एभरेष्टमा ३, फनटलाइनमा ३, बिपी प्रतिष्ठानमा २, र टिचिङसँगै सम्बद्ध अन्य अस्पतालमा समेत मृत्यु भएको छ।

    टिचिङ अस्पतालको ट्रमा सेन्टरमा मात्र १६१ जना भर्ना गरिएकामध्ये ५८ जना उपचाररत छन् भने ८ जनाले ज्यान गुमाएका छन्। भेरी अस्पताल नेपालगञ्जमा २८ जना भर्ना भएकामध्ये ५ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

    हालसम्म देशभरका २८ वटा अस्पतालमा आन्दोलनका घाइतेहरूको उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij