Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

राष्ट्र बैंकद्वारा वित्तीय संस्थालाई अत्यावश्यक सेवा चालु गर्न निर्देशन

राष्ट्र बैंकद्वारा वित्तीय संस्थालाई अत्यावश्यक सेवा चालु गर्न निर्देशन

  •  

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै इजाजतपत्रप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणालीसँग सम्बन्धित संस्थाहरूलाई अत्यावश्यक वित्तीय सेवा सञ्चालनमा राख्न निर्देशन दिएको छ।

    राष्ट्र बैंकले संवेदनशील प्रणालीहरू सीमित कर्मचारीमार्फत सञ्चालन गर्न तथा अत्यावश्यक बैंकिङ र डिजिटल भुक्तानी सेवा उपलब्ध गराउन आग्रह गरेको छ। अन्य प्रणालीहरू भने जोखिमको मूल्याङ्कन अनुसार रिमोट एक्सेसमार्फत सञ्चालन गर्न सकिने व्यवस्था मिलाउन भनिएको छ।

    त्यसैगरी, संचालनमा रहेका शाखा, एटीएम र उपलब्ध सेवाबारे सूचना आफ्ना वेबसाइट र सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई उपलब्ध गराउन राष्ट्र बैंकले सबै वित्तीय संस्थालाई अनुरोध गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij