Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

काठमाडौं उपत्यकामा निषेधाज्ञा र कर्फ्यु थप, अत्यावश्यक सेवामा भने छुट

काठमाडौं उपत्यकामा निषेधाज्ञा र कर्फ्यु थप, अत्यावश्यक सेवामा भने छुट

  • काठमाडौं । नेपाली सेनाले उपत्यकाको सुरक्षा परिस्थिति अझै संवेदनशील रहेको भन्दै काठमाडौं, ललितपुर र भक्तपुरमा लागू भएको निषेधाज्ञा तथा कर्फ्युलाई भदौ २८ गते बिहान ६ बजेसम्म थप गर्ने निर्णय गरेको छ। सेनाले जारी गरेको विज्ञप्तिमा जनधनको सुरक्षा सुनिश्चित गर्न यस्तो कदम आवश्यक भएको उल्लेख गरिएको छ।

    तर, अत्यावश्यक कार्य तथा सेवामा भने आंशिक छुट दिइने भएको छ। सेनाका अनुसार भदौ २७ गते बिहान ६ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म नागरिकलाई आवश्यक सामग्री खरिदजस्ता कामका लागि बाहिर निस्कन अनुमति हुनेछ।

    यस अवधिमा पनि एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्न, ग्यास, इन्धन, दुध, तरकारी, पानी, औषधि तथा सञ्चार प्रदायक कम्पनीका सवारीसाधनहरू निर्वाध सञ्चालन गर्न सकिने व्यवस्था गरिएको सेनाले जनाएको छ।

    546845661_1497402851207703_5872171594727877283_n-1757602100 (1).jpg546249810_2032535967494463_2686475373878492099_n-1757602100.jpg

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij