
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै प्रधानमन्त्री नियुक्त गर्ने तयारी भएको शितल निवास स्रोतले जनाएको छ । नेपाली सेनाका परमाधिपतिसमेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै शपथ ग्रहण गराउने सम्भावना रहेको बताइएको छ ।
जेनजी समूहको चर्को दबाबबीच राष्ट्रपति पौडेलले बिहीबार मध्यरातसम्म प्रधानसेनापति, विभिन्न राजनीतिक दलका नेता तथा संविधानविद्हरूसँग छलफल गरेका थिए । छलफलमा सहभागी दल र विज्ञहरूले संविधान नमासिने गरी कदम चाल्न सुझाव दिएका थिए ।
संविधानको संरक्षकका हैसियतले राष्ट्रपति पौडेलले आफ्नो अधिकार प्रयोग गर्दै गैरसांसद कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् । तर, अन्तिम निर्णय अघि उनले सम्बद्ध पक्षहरूसँग फेरि छलफल गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij