Logo

Sep 12 2025 | २०८२, भदौ २७गते

Sep 12 2025 | २०८२, भदौ २७गते

images

उपत्यकामा दिउँसो निषेधाज्ञा खुकुलो, राति पुनः कर्फ्यु लागू

उपत्यकामा दिउँसो निषेधाज्ञा खुकुलो, राति पुनः कर्फ्यु लागू

  • काठमाडौं । उपत्यकामा जारी कर्फ्यु आज दिउँसो आंशिक रूपमा खुकुलो पारिएको छ । सुरक्षास्रोतका अनुसार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा हटाइएपछि नागरिकलाई सामान्य आवतजावत गर्ने अनुमति दिइएको हो । तर, बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म पुनः कर्फ्यु लागू हुने भएको छ । यस अवधिमा सार्वजनिक आवागमन, भीडभाड तथा सभा–जुलुसमा कडाइ गर्ने सुरक्षाकर्मीहरूले जनाएका छन् ।

    जेनजी आन्दोलन हिंसात्मक बन्दै गएपछि भदौ २४ गते राति १० बजेदेखि नेपाली सेनाले सुरक्षा कमाण्डको जिम्मा सम्हालेको थियो । त्यसयता देशव्यापी रूपमा लागू गरिएको कर्फ्युलाई क्रमशः खुकुलो पार्दै अहिले उपत्यकामा मात्र सीमित गरिएको छ । सुरक्षाकर्मीहरूले जनतालाई हालको व्यवस्थामा सहयोग गर्न, अनावश्यक अफवाहमा नफस्न र भीडभाडबाट टाढा रहन आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij