
काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा २ लाख १५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोही सुनको मूल्य १० ग्रामका लागि १ लाख ८५ हजार १५ रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख १४ हजार ७०० रुपैयाँ थियो ।
यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ६० रुपैयाँले बढेको छ । यससँगै चाँदीको मूल्य तोलामा २ हजार ५ सय ६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij