Logo

Sep 12 2025 | २०८२, भदौ २७गते

Sep 12 2025 | २०८२, भदौ २७गते

images

जेनजी आन्दोलनमा दुई दर्जन होटेलमा क्षति, २५ अर्बभन्दा बढी नोक्सानी

जेनजी आन्दोलनमा दुई दर्जन होटेलमा क्षति, २५ अर्बभन्दा बढी नोक्सानी

  •  

    काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका स्वदेशी तथा विदेशी ब्रान्डका होटेलहरूमा ठूलो क्षति पुगेको होटेल संघ नेपालले जनाएको छ । संघका अनुसार काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, विराटनगर, धनगढी, झापा, महोत्तरी, दाङ तुल्सीपुरलगायतका क्षेत्रमा सञ्चालित दुई दर्जनभन्दा बढी होटेलमा तोडफोड, आगजनी र लुटपाट भएको छ ।

    विशेषगरी काठमाडौंमा रहेको हिल्टन होटेलको मात्रै करिब आठ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । देशैभरका होटेलमा भएको क्षति जोड्दा करिब २५ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक नोक्सानी पुगेको संघले विज्ञप्तिमार्फत जनाएको छ ।

    संघका अनुसार प्रभावित होटेलहरू मर्मत सम्भार र पुनर्निर्माण नगरी सञ्चालनमा आउन नसक्ने अवस्था छ । यससँगै करिब दुई हजारभन्दा बढी कामदार र कर्मचारीको रोजगारी संकटमा परेको छ । संघले विज्ञप्तिमा भनेको छ, “हाल सञ्चालन अवरुद्ध भएका यी होटेलहरूले बैंक तथा वित्तीय संस्थालगायतका आर्थिक दायित्व नियमित रूपमा बुझाउन असमर्थ हुने अवस्था देखिएको छ ।”

    संघले पब्लिक लिमिटेड कम्पनीसहितको निजी क्षेत्रमा भएको ठूलो लगानी र सम्पत्तिमा भएको पीडादायी क्षतिको तत्काल शक्तिशाली अधिकारप्राप्त न्यायायिक समितिबाट जाँचबुझ गर्न माग गरेको छ । साथै, अपराधीलाई उचित क्षतिपूर्ति र दण्ड दिलाउनुपर्ने, साथै प्रभावित होटेलहरूको मर्मत सम्भार तथा पुनर्निर्माणका लागि राज्यबाट विशेष आर्थिक प्याकेज उपलब्ध गराउनुपर्नेमा जोड दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij