Logo

Sep 12 2025 | २०८२, भदौ २७गते

Sep 12 2025 | २०८२, भदौ २७गते

images

भ्रष्टाचार र दमनबिरुद्ध छानबिन गर्न नमानेपछि सुशीला कार्की : "हातखुट्टा बाँधेर जिम्मेवारी चाहिँदैन"

भ्रष्टाचार र दमनबिरुद्ध छानबिन गर्न नमानेपछि सुशीला कार्की : "हातखुट्टा बाँधेर जिम्मेवारी चाहिँदैन"

  • काठमाडौं । जेनजी आन्दोलनकारीहरूको मागअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउन राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख दलका नेताहरू सहमत भए पनि भ्रष्टाचार र आन्दोलनमा भएको दमनबारे छानबिन गर्ने विषयमा असहमति देखिएपछि अन्तरिम सरकार निर्माण प्रक्रियामा अवरोध आएको छ ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल शीतलनिवासमा उपस्थित रहेका थिए भने कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग फोनमार्फत छलफल भएको थियो । तर, तिनै नेताहरूले आन्दोलनमा भएको अत्यधिक बल प्रयोग, ३४ जनाको मृत्यु र भ्रष्टाचार सम्बन्धी विषयमा उच्चस्तरीय छानबिन गर्न अस्वीकार गरेका छन् ।

    कार्कीले नेताहरूको यस्तो अडानप्रति असन्तोष व्यक्त गर्दै भनिन्,
    “हातखुट्टा बाँधेर जिम्मेवारी लिने मेरो शैली हुँदैन । जिम्मेवारी लिने हो भने पूर्ण अधिकारसहित चाहिन्छ ।”

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij