Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

सिंहदरबारमा अन्तरिम प्रधानमन्त्री र मन्त्रिपरिषद्का लागि व्यवस्थापन सुरु

सिंहदरबारमा अन्तरिम प्रधानमन्त्री र मन्त्रिपरिषद्का लागि व्यवस्थापन सुरु

  • काठमाडौँ। सिंहदरबारमा अन्तरिम प्रधानमन्त्रीसहितको मन्त्रिपरिषद्का लागि व्यवस्थापन सुरु गरिएको छ। गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सञ्चालन गर्ने तयारी भइरहेको छ।

    प्रधानमन्त्री कार्यालय र हालको गृह मन्त्रालय जलाएर ध्वस्त पारिएपछि यो अन्तरिम व्यवस्था लागू गरिएको हो। नयाँ भवनमा बस्ने कुर्सी, सचिवालय, मन्त्रिपरिषद् बैठकका लागि आवश्यक फर्निचर, सोफा र कार्पेटहरू धमाधम व्यवस्थापन भइरहेको स्रोतले जानकारी दिएका छन्।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाबाट नजिकै नयाँ गृह मन्त्रालयको भवन बनेको छ। पुरानो गृह मन्त्रालय ध्वस्त भइसकेकाले, गृह मन्त्रालयलाई अस्थायी रूपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सार्ने र केशरमहलमा शिक्षा मन्त्रालयको कार्यालय स्थानान्तरण गर्ने तयारी भइरहेको छ।

    मुख्यसचिव एकनारायण अर्यालले शुक्रबार बिहानै सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालयको स्थलगत अनुगमन गरेका थिए। उनीका अनुसार प्रधानमन्त्री कार्यालय ध्वस्त भएको कारण बस्न सक्ने अवस्था छैन।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij