
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल संसद् विघटन गर्न सहमत भएका छन् । योसँगै आजै पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रमुखको रूपमा शपथग्रहण गर्ने तयारी भएको छ ।
शुक्रबार राष्ट्रपति पौडेल, पूर्वप्रधानन्यायाधीश कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबीच भएको उच्चस्तरीय छलफलपछि संसद् विघटन र नयाँ सरकार गठनको प्रक्रियाबारे सहमति जुटेको स्रोतले जनाएको छ । मुलुकमा जारी राजनीतिक गतिरोध समाधान गर्न वैकल्पिक व्यवस्थाको खोजी स्वरूप यो निर्णय गरिएको बताइएको छ ।
यसअघि भदौ २३ र २४ गते जे(नजी पुस्ताले गरेको आन्दोलनले मुलुकमा ठूलो राजनीतिक हलचल ल्याएको थियो । सो आन्दोलनको चापपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए । ओलीको राजीनामापछि सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा राष्ट्रपति पौडेल, सेनाप्रमुख सिग्देल र जेनजी प्रतिनिधिबीच लगातार छलफल भइरहेका थिए । अन्ततः त्यसै छलफलको निष्कर्षस्वरूप संसद् विघटन र कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति भएको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij