Logo

Sep 13 2025 | २०८२, भदौ २८गते

Sep 13 2025 | २०८२, भदौ २८गते

images

पोखराका विद्यालय असोज १ गतेदेखि सञ्चालन हुने

पोखराका विद्यालय असोज १ गतेदेखि सञ्चालन हुने

  •  

    गण्डकी । ‘जेनजी’ प्रदर्शनका कारण बन्द भएका पोखरा महानगरपालिकाका विद्यालय आगामी असोज १ गतेदेखि सञ्चालनमा आउने भएका छन् ।

     

    पोखरा महानगरपालिका नगर कार्यपालिकाको आज बसेको बैठकको निर्णयानुसार महानगरभित्रका सम्पूर्ण विद्यालय असोज १ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय भएको महानगरपालिका शिक्षा महाशाखा निर्देशक हेमप्रसाद आचार्यले जानकारी दिनुुभयो ।

     

    यसैगरी, यस क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ ।  जिल्लामा विकसित घटनाक्रम र शान्तिसुरक्षाको अवस्थालाई विश्लेषण गर्दै जिल्ला सुरक्षा समितिको निर्णयानुसार पोखरा महानगरपालिकाका विभिन्न स्थानमा लगाइएको निषेधाज्ञा र कर्फ्यू आदेश आजै बिहान ९ः०० बजेदेखि हटाइएको छ । कर्फ्यू र निषेधाज्ञा हटेसँगै सार्वजनिक यातायात र बजार क्षेत्र सञ्चालनमा आउन थालेका छन् । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij