Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

पूर्वप्रधानमन्त्री ओलीविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता

पूर्वप्रधानमन्त्री ओलीविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता

  • बुटवल । जेनजी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको आरोपमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्यज्यान मुद्दामा जाहेरी परेको छ।

    पूर्वप्रतिनिधिसभा सदस्य तथा कांग्रेस सांसद अभिषेक प्रताप शाहले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ मार्फत जाहेरी दर्ता गराउँदै महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा उजुरी दिएका हुन्।

    जाहेरीमा ओलीले नै गोली चलाउन आदेश दिएको दाबी गरिएको छ। सो घटनामा १७ देखि ४५ वर्ष उमेर समूहका एक दर्जनभन्दा बढी युवाको मृत्यु भएको र धेरैजना घाइते भएको उल्लेख छ।

    मृत्यु भएका मध्ये सुलभ राज श्रेष्ठ, यम चौलागाईं, बुद्धि तामाङ, मिसल सारु मगर, पारुहाङ उतमल राई, योगेन्द्र न्यौपाने, विनोद महर्जन, दिल नारायण तामाङ, प्रविन कुलुङ, उमेश महत, निता गौतम, शौरभ किशोर श्रेष्ठ, सुवास बोहोरा र निरज पन्तलगायतका नाम उल्लेख गरिएका छन्।

    जाहेरीमा ओलीमाथि जघन्य अपराधको अभियोग लगाउँदै घटनाबारे गहिरो अनुसन्धान गरी प्रमाणसहित कानुनी कारबाही गर्न माग गरिएको छ। साथै, शव परीक्षण रिपोर्ट र घटनास्थल मुचुल्का प्रमाणका रूपमा पेश गर्नुपर्ने मागसमेत राखिएको छ।

    प्रमुख जिल्ला अधिकारी तामाङले जाहेरीलाई सम्बन्धित निकायमा पठाइने जानकारी दिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij