Logo

Sep 14 2025 | २०८२, भदौ २९गते

Sep 14 2025 | २०८२, भदौ २९गते

images

जेनजी आन्दोलनको क्रममा जलेको  चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिए

जेनजी आन्दोलनको क्रममा जलेको  चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिए

  • काठमाडौं । जेनजी आन्दोलनको क्रममा जलेको  चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले  जलेको अवस्थामा ६ वटा मानव कंकाल भेटिएको जानकारी सही भएको बताएका हुन् ।  ककांल भेटिएका शव  चिन्न सकिने अवस्थामा छैनन् ।

    डीएनएपछि मात्रै शवको पहिचान हुने बताइएको छ। जेनजीको प्रदर्शनको क्रममा भाटभटेनीमा आगजनी भएको थियो ।२३ भदौमा जेनजीको आन्दोलन भएको थियो । सो क्रममा प्रहरीको गोली लागेर काठमाडौं र बाहिर जिल्लामा गरी २१ जनाको मृत्यु भएको थियो । त्यसपछि जेनजी आन्दोदन उग्र बनेको थियो । भोलिपल्ट २४ गते देशभर तोडफोड र आगजनी भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij