Logo

Sep 14 2025 | २०८२, भदौ २९गते

Sep 14 2025 | २०८२, भदौ २९गते

images

प्रधानमन्त्री कार्कीद्वारा पदबहाली

प्रधानमन्त्री कार्कीद्वारा पदबहाली

  • काठमाडौँ।नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गर्नुभएको छ । यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकी उहाँले गृहमन्त्रालयका लागि नयाँ निर्माण गरिएको भवनमा पदबहाली गर्नुभएको हो ।

    सो अवसरमा सरकारका मुख्यसचिव एकनारायण अर्याल, सचिवहरू, सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो । पदबहालीपछि प्रधानमन्त्री कार्कीले मुख्यसचिवसहित सचिवहरूसँग मन्त्रालयको कार्यविवरणका सम्बन्धमा जानकारी लिनुभएको थियो । यही भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । ---

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij