Logo

Sep 16 2025 | २०८२, भदौ ३१गते

Sep 16 2025 | २०८२, भदौ ३१गते

images

चीनको बाटो भएर मालवस्तु आयात गर्न तेस्रो मुस्ताङ भन्सार खुल्यो

चीनको बाटो भएर मालवस्तु आयात गर्न तेस्रो मुस्ताङ भन्सार खुल्यो

  • काठमाडौँ । मंगलबारदेखि चीनको बाटो भएर  आयात गर्न मुस्ताङ भन्सार खुलेको छ । नेपाल राष्ट्र बैंकले मुस्ताङ भन्सार कार्यालयबाट जाँच पास हुने गरी वस्तु तथा सेवा आयात गर्न प्रतीतपत्र खुला गरेको हो । राष्ट्र बैंकले प्रतीतपत्र खुला भएसँगै मुस्ताङ भन्सार खुला भएको हो । 

    विदेशी विनिमय कारोबार गर्ने निकायका लागि जारी गरिएको एकीकृत परिपत्र–२०८१ मा संशोधन गरी  चीनतर्फबाट हुने आयात प्रक्रियामा मुस्ताङ भन्सारलाई समेत समावेश गरेको राष्ट्र बैंकले जनाएको छ । 

    बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको परिपत्रमा  अबदेखि चीनको भूभाग भई ट्रक वा रेलमार्गमार्फत प्रतीतपत्र (एलसी) प्रयोग गरी वस्तु आयात गर्दा तातोपानी (सिन्धुपाल्चोक) र रसुवा (रसुवा) भन्सारसँगै मुस्ताङ भन्सार (मुस्ताङ) पनि प्रयोग गर्न सकिने जनाइएको छ ।

    यसअघि चीनसँग हुने आयातमा तातोपानी र रसुवा भन्सारबाट मात्र सामान ल्याउन पाइने व्यवस्था थियो । अब संशोधनपछि तीनै भन्सार (तातोपानी, रसुवा र मुस्ताङ) प्रयोग गर्न सकिने व्यवस्था गरिएको हो । 

    नेपाल राष्ट्र बैंकले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी यो व्यवस्था गरेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij