Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

साउन महिनामा बैंकहरूको नाफा सवा ८ अर्ब बढी , सबै भन्दा बढी ग्लोबल आईएमई र कम कृषि विकास बैंक

साउन महिनामा बैंकहरूको नाफा सवा ८ अर्ब बढी , सबै भन्दा बढी ग्लोबल आईएमई र कम कृषि विकास बैंक

  • काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा बैंकहरूको नाफा सवा ८ अर्ब बढी भएको छ ।आव २०८२/८३ को साउन महिनामा वाणिज्य बैंकहरूले ८ अर्ब ३८ करोड २९ लाख बढी रुपैयाँ नाफा आर्जन गरेका हुन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बैंकहरूको पहिलो महिनाको नाफा  यस्तो देखिएको हो ।

    सार्वजनिक विवरण अनुसार सबैभन्दा धेरै नाफा ग्लोबल आईएमई बैंकले कमाएएको  छ । ग्लोबल आईएमईले ७८ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सोही क्रममा नबिल बैंकको नाफा दोस्रो ठुलो नाफा रहेको छ । नबिलको नाफा ७१ करोड ६४ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को ६३ करोड ४२ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ५५ करोड ८३ लाख रुपैयाँ, नेपाल बैंकको  ५५ करोड २७ लाख रुपैयाँ, प्राइम बैंकको  ५० करोड ४९ लाख रुपैयाँ नाफा रहेको छ । ५० करोड भन्दा मुनि नाफा कमाउने कुमारी बैंकको   ४९ करोड २४ लाख रुपैयाँ , एभरेष्ट बैंकले ४८ करोड ३९ लाख रुपैयाँ, एनएमबि बैंकको  ४६ करोड ६७ लाख रुपैयाँ, हिमालयन बैंकको  ४० करोड ८९ लाख रुपैयाँ, सिद्धार्थ बैंकको  ४० करोड १३ लाख रुपैयाँ नाफा रहेको छ ।

    ४० करोड भन्दा कम कमाउने बैंकमा सबै भन्दा बढी  लक्ष्मी सनराइज बैंकको  ३९ करोड ४४ लाख रुपैयाँ, सानिमा बैंकको  ३९ करोड २ लाख रुपैयाँ , एनआईसी एशिया बैंकले ३१ करोड ९३ लाख रुपैयाँ, प्रभु बैंकले ३० करोड २३ लाख रुपैयाँ नाफा रहेको छ । तीस करोड भन्दा कम नाफा भएका बैंकमा  सिटिजन्स बैंकको नाफा  २७ करोड २४ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको २७ करोड १६ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको  २६ करोड ५२ लाख रुपैयाँ नाफा रहेको छ ।

    २० करोड भन्दा कम नाफा कमाउनेमा  नेपाल एसबिआई बैंकको १५ करोड ८९ लाख रुपैयाँ र कृषि विकास बैंकको ३७ लाख रुपैयाँ नाफा रहेको राष्ट्र बैंकको तथ्याङ्कमा जनाइएको  छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij