Logo

Sep 17 2025 | २०८२, असोज १गते

Sep 17 2025 | २०८२, असोज १गते

images

चालु आवको दुईमहिनामा लक्षित राजस्व संकलन भएन

चालु आवको दुईमहिनामा लक्षित राजस्व संकलन भएन

  • काठमाडौँ । चालु आवको पहिलो दुई महिनामा लक्षित राजस्व उठेको छैन् । आव  २०८२/८३ को पहिलो दुई महिना साउन–भदौमा  १ खर्ब ५७ अर्ब ५३ करोड रुपैयाँ राजस्व संकलन गरेको  भएको हो । भदौसम्म सवा दुई खर्ब राजस्व उठाउने अनुमान थियो । यस वर्ष सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको  थियो ।
    २५ भदौसम्म तिर्नुपर्ने कर विवरण र राजस्व तिर्ने म्याद सरकारले १ महिना थप गरेको छ । अर्थमन्त्री रामेश्वर खनालले २०८२ साउनको मासिक मूल्य अभिवृद्धि कर, अग्रिम करकट्टी, शिक्षा सेवा र विलासिता शुल्कको विवरण तथा कर रकम २५ असोजसम्म तिर्न सकिने गरी निर्णय गरेका हुन् ।

    २३ र २४ भदौको देशव्यापी कफ्र्यू र निषेधाज्ञाका कारण कार्यालय बन्द भएको र करदाताले पेस गर्नुपर्ने विवरण र रकम तिर्न नसकेको जनाउँदै अर्थले यस्तो निर्णय गरेको हो । थप गरिएको अवधिभित्र विवरण र कर बुझाएमा जरिवाना, थप शुल्क र दस्तुर छुट हुने समेत मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij