काठमाडौँ । नेपाल स्टक एक्स्चेन्जले अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हटाउन लागेको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले आजआइतबार परीक्षण गरी पर्सिदेखि लागु हुने जानकारी दिए । सोमबार घटस्थापनाका कारण सार्वजनिक विदा परेसँगै बजार बन्द रहने भएकाले मंगलबारदेखि लागु हुने जनाइएको छ ।
अन्तिम १५ मिनेटको भारित औसत गणना विधिले बजार झारेको भन्दै अधिकांश लगानीकर्ताले यसको विरोध जनाएका थिए । गत चैत ७ गतेबाट भारित औसत गणना विधि लागु भएको थियो ।२ : ४५ बजेदेखि ३ बजेसम्म कारोबार भएका सबै सेयरको भारित औसत मूल्यका आधारमा सूचक गणना हुने गरेको थियो । यसले अधिकांश दिन बजार थप घटाएको भन्दै लगानीकर्ताले विरोध जनाएका थिए ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij