Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

जेनजीको हिंसात्मक आन्दोलनले उद्योग क्षेत्रको कुल जीडीपीको पाँच प्रतिशत हानि भएको दाबी

जेनजीको हिंसात्मक आन्दोलनले उद्योग क्षेत्रको कुल जीडीपीको पाँच प्रतिशत हानि भएको दाबी

  • काठमाडौँ । निजी क्षेत्रका उद्योगी व्यवसायीहरूले जेनजीको हिंसात्मक आन्दोलनले  उद्योगहरूबाट हुने कुल ग्राहस्थ उत्पादन (जीडीपी)को पाँच प्रतिशत नोक्सान गरेको औँल्याइएको छ ।नेपाल आर्थिक संघले मंगलबार अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषयक शीर्षकमा आयोजना गरेको छलफलका सहभागीहरू माझ यस्तो औँल्याइएको हो । 
    जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घटेको बताउँदै नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष विरेन्द्रराज पाण्डेले यस्तो बताए । आन्दोलनले निजी र सार्वजनिक संरचनाहरु ध्वस्त पारिएकाले  लगानीकर्ताको मनोबल घटेको बताउँदै अध्यक्ष पाण्डेले आन्दोलनमा भएको हिंसाले कुल ग्राहस्थ उत्पादन (जीडीपी) को ५ प्रतिशत नोक्सान भएको जानकारी दिए ।

    पाण्डेले भने ‘उद्योगहरुमा कुल जीडीपीको ५ प्रतिशत असर पुुगेको छ, लगानीकर्ताका लागि लगानीको सुरक्षा महत्वपूर्ण कुरा हो, लगानीकर्तालाई सुरक्षा दिनका लागि सरकारले काम गर्नुपर्छ । अब छिट्टै माथि उठ्नका लागि वित्त र मौद्रिक नीतिबाट के–कस्तो सुविधा दिन सकिन्छ, सरकारले त्यसतर्फ ध्यान दिन आवश्यक छ’ ।

    अब अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर अगाडि बढ्नु पर्ने बताउँदै पाण्डेले ठूला उद्योगका लागि एउटा निश्चित समय निर्धारण तोकेर सहुलियत दिनसक्नुपर्ने सुझाव दिए ।  उनले भने ‘सीएनआईले विभिन्न कानुनमा सुधार गर्नका लागि सुझाव दिएको छ, छरितो र बुझ्न सक्ने कानुन बनाउन जरुरी छ,’

    उनका अनुसार अब शिक्षा प्रणालीलाई पनि सुधार गर्नु आवश्यक देखिएको छ । शिक्षामा लगानी भएपनि  त्यसबाट हुने प्रतिफल कम छ । केकस्ता सुविधा दिएर काम गर्न सकिन्छ भनेर सल्लाह गरेर अगाडि बड्नुपर्छ । उनले केही समयअघि ज्वाइन्ट भेन्चरको लगानी आउन लागेको जानकारी दिँदै जेनजी आन्दोलनले त्यो लगानी रोकिएको बताए । केही महत्वपूर्ण प्राथमिकताका क्षेत्रहरु निर्धारण गरेर ती क्षेत्रमा काम गर्न जरुरी रहेको बताउँदै  उनले उर्जा, पर्यटन, शिक्षा र कृषि लगायतका क्षेत्रमा अब काम गर्न आवश्यक रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij