Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

करिब चार हजारको वृद्धिले मंगलबार  नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य २ लाख २१ हजार ७ सय कायम

करिब चार हजारको वृद्धिले मंगलबार  नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य २ लाख २१ हजार ७ सय कायम

  • काठमाडौँ । मंगलबार सुनको मूल्यमा करिब चार हजारको वृद्धिसँगै प्रतितोला २ लाख २१ हजार ७ सय  पुगेर नयाँ रेकर्ड कायम भएको छ । आज मंगलबार तोलामा ३ हजार ९सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको  हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला सुनको मूल्य २ लाख २१ हजार ७०० रुपैयाँमा कायम भएको छ । सोमबार प्रतितोला सुनको मूल्य २ लाख १७ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

    यसैगरी मंगलबार चाँदी तोलामा ३० रुपैयाँले बढेसँगै रेकर्ड कायम भएको छ । मंगलबार चाँदी प्रतितोला २ हजार ६ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार प्रतितोला चाँदी २ हजार ६५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ७४४.३ अमेरिकी डलर र चाँदी ४३.९३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij