Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

  • काठमाडौँ ।राष्ट्र बैंकले आज बुधबार पनि वित्तीय प्रणालीबाट ४० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरणमार्फत् झिक्ने भएको छ। अधिक तरलता व्यवस्थापनका लागि ४ दिनका लागि यो कदम चालिएको हो।

    हाल बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) लगातार बढिरहेको अवस्थामा, बजारबाट अतिरिक्त पैसा निकाल्न राष्ट्र बैंकले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न आह्वान गरेको छ।

    राष्ट्र बैंकको सूचनाअनुसार, बोलकबोलमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँको गुणकमा सहभागिता जनाउन सकिनेछ। यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र भाग लिन पाउनेछन्।

    यसरी खरिद गरिएको निक्षेप संकलन उपकरणलाई धितोका रूपमा अन्य बैंक तथा वित्तीय संस्थामा प्रयोग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। साथै, बोलकबोल ब्याजदरमा आधारित हुने र बहुब्याजदरमा बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको पनि स्पष्ट पारिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij