काठमाडौँ । सुनको मूल्य नयाँ रेकर्डसँगै बुधबार प्रतितोला २ लाख २३ हजार रुपैयाँ कायम भएको छ । नेपाली बजारमा सुनको मूल्यले बुधबार नयाँ रेकर्ड कायम गरेको हो । आज पनि सुन र चाँदीको मूल्यले रेकर्ड ब्रेक गर्दै नयाँ रेकर्ड कायम गरेको हो
आज सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ताेलामा २० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला २ लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
गत मंगलबार बजारमा छापावाला सुनको मूल्य प्रतितोला २ लाख २१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको छ ।
बुधबारको चाँदी तोलाको २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा चाँदी दुई हजार ६ सय ८० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्यले पनि चार दिनदेखि निरन्तर रेकर्ड ब्रेक गरिरहेको छ ।