काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले अत्यावश्यक बाहेकका विदेश भ्रमणमा रोक लगाएको छ । पछिल्लो समय निर्वाचन गराउन, आगलागी र तोडफोडको पुन: निर्माणका लागी वित्तीय व्यवस्था गर्नुपर्ने दवावमा रहेको सरकारले खर्च घटाउने योजना बनाउँदै मन्त्रिपरिषद् बैठकबाटै यस्तो निर्णय भएको हो ।
संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह लगायतका निकायको खर्चमा अत्यावश्यक बाहेकका विदेश भ्रमणमा रोक लगाइएको हो । नेपाल सरकारको प्रतिनिधित्व अनिवार्य भएको अन्तर्राष्ट्रिय बैठकमा राष्ट्रपति वा प्रधानमन्त्रीको नेतृत्वमा हुने प्रतिनिधिमण्डलमा १० धेरै सदस्य रहन नपाउने निर्णय पनि गरिएको छ ।
सरकारले तालिम तथा गोष्ठीहरू सकेसम्म अनलाइन गर्ने र भौतिक उपस्थितिमा गर्नै पर्ने अवस्थामा सरकारी हलहरूमा गर्ने निर्णय गरेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij