
काठमाडौं । प्रहरीले करिब एक किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले भारतीय नागरिक ४८ वर्षीय रोनक मदनीलाई पक्राउ गरेको हो ।
उनलाई मंगलबार दिउँसो विमानस्थलको भन्सार एरियाबाट पक्राउ गरिएका मदिनाका साथबाट ८ सय ३५ ग्राम अवैध सुन बरामद गरिएको प्रहरीले बताएको छ ।भारतको मुम्बईबाट इन्डिगो एयरमार्फत् काठमाडौं आएका उनलाई आगमन भन्सार एरियामा जाँच गरिएको थियो ।
प्रहरीले शंका लागि नियन्त्रणमा लिई केएमसी अस्पतालमा लगेर भिडियो एक्सरे गर्दा मलद्वारबाट ३ वटा डल्लामा रहेको उक्त परिमाणको सुन फेला परेको जनाइएको छ ।आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइने छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij