काठमाडौँ । आन्दोलनरत नेप्से कर्मचारी संघले प्रमुख कार्यकारी अधिकृत (सीईओ) र अध्यक्षको राजीनामा मागेको छ ।मंगलबारदेखि आन्दोलनमा उत्रेको संघले बुधबार विज्ञप्ति जारी गर्दै राजीनामा मागेको जनाएको हो ।
संघले सम्पूर्ण कर्मचारीहरुले हातमा कालो पट्टी बाँधेर काम गर्ने, प्रमुख कार्यकारी अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्ने, नेप्से सञ्चालक समितिका अध्यक्ष र सीईओको राजीनामा माग गरेको विषय जारी विज्ञप्तिमा उल्लेख गरी जनाएको छ ।
साथै संघले अध्यक्ष र सीईओले राजीनामा नदिएसम्म निरन्तर विरोध कार्यक्रम जारी राख्ने जनाइएको छ ।नेप्सेका कर्मचारीले आफुले पाउनु पर्ने ५ प्रतिशत बोनस नदिएको भन्दै मंगलबार अध्यक्ष हेमन्त बस्याल र सीईओ चुडामणी चापागाईलाई करिब १३ घन्टा नेप्सेमा बन्दी बनाएर राखेका थिए । रातको १२ बजेको समयमा प्रहरी आएर अध्यक्ष र सीईओलाई घर पठाएको थियो ।
नेप्से सञ्चालक समितिले अर्थ मन्त्रालयको स्वीकृत बिना ५ प्रतिशत बोनस दिन नमिल्ने भन्दै रोकेको छ । कर्मचारी भने श्रम अदालतले ५ प्रतिशत दिनु पर्छ भनेका कारण अदालतको आदेश मान्नुपर्ने पक्षमा रहेका छन् । अध्यक्ष बस्याल स्वार्थ बाझिएको व्यक्ति भएको समेत जनाइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij