
काठमाडौं । सरकारले राजस्व सचिव दिनेशकुमार घिमिरेलाई सरुवा गरेको छ । लामो समय मन्त्रालयको राजस्व सचिवको जिम्मेवारीमा रहेको घिमिरेलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पठाइएको छ ।
अर्थमन्त्री रामेश्वर खनालको प्रस्तावमा घिमिरेलाई सरुवा गरिएको हो । अब अर्थ मन्त्रालयमा तत्कालका लागि एक मात्रै सचिव रहनेछन् ।
यसअघि मंगलवार मन्त्रिपरिषद्ले गृह सचिवमा रामेश्वर दंगाललाई लगेको थियो । लगिएको थियो ।अनि गृहबाट गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको थियो ।
आयोगमा त्यसअघि काम गरिरहेको सुमन अर्याललाई रक्षा सचिवमा सरुवा गरिएको थियो । त्यसअघि रामेश्वर दंगालले रक्षा सचिवको भूमिका निर्वाह गरिरहेका थिए ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij