
काठमाडौँ । अर्थमन्त्रालयले आज शुत्रबारबाट सबै टिप्पणी डिजिटल स्वीकृति गर्न थालिएको छ ।अर्थमन्त्री रामेश्वर खनालले सबै टिप्पणी डिजिटल स्वीकृति गर्न थालिएको जनाएका हुन् ।
मन्त्री खनालका अनुसार अर्थमन्त्रालयमा सबै मेमोहरू डिजिटल रूपमा अनुमोदन हुने प्रक्रिया मिलाइएको छ ।मन्त्रालयलाई अधिकतम कागजरहित बनाउने तर्फ यस्तो निर्णय गरिएको जनाइएको छ।
सामाजिक सन्जालमा खनालले लेखेका छन्, ‘डिजिटल प्रणालीले लागत र श्रम बचतसँगै निर्णय प्रक्रियामा पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ ।’
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij