Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

साताको अन्तिम दिन शुक्रबार  सुनको मूल्य  बढेर प्रति तोला २ लाख २२ हजार ५ सय रुपैयाँ  कायम

साताको अन्तिम दिन शुक्रबार  सुनको मूल्य  बढेर प्रति तोला २ लाख २२ हजार ५ सय रुपैयाँ  कायम

  • काठमाडौँ ।  साताको अन्तिम दिन शुक्रबार  सुनको मूल्य  बढेर प्रति तोला २ लाख २२ हजार ५ सय रुपैयाँ  कायम भएको छ ।  सुनको भाउ शुक्रबार तोलामा १२ सय रुपैयाँ बढेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोला २ लाख २२ हजार ५ सय रुपैयाँ पुगेको छ। बिहीबार सुन तोलामा १७ सय रुपैयाँले सस्तिएको थियो।चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ बढेर प्रति तोला २ हजार ७४० रुपैयाँ पुगेको छ।

    अन्तर्राष्ट्रिय बजारमा सुन मूल्य प्रतिऔंस ३७४४.७८ डलर र चाँदी प्रतिऔंस ४४.७३ डलरमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij