Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

टीकाको दोस्रो दिन देशभर आशीर्वाद थाप्ने क्रम जारी

टीकाको दोस्रो दिन देशभर आशीर्वाद थाप्ने क्रम जारी

  • काठमाडौं।बडादशैंअन्तर्गत टीकाको दोस्रो दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा रातो टीका र जमरा लगाउने क्रम जारी छ। आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशीका दिन परेकाले कतिपयले ब्रतका कारण भोलिमात्र टीका लगाउने परम्परा पनि पालन गर्ने गर्छन्।

    नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म गरिएको नवदुर्गा साधनाको प्रसादस्वरूप विजयादशमीका दिनदेखि सुरु हुने टीका र जमरा लगाउने क्रम पूर्णिमासम्म चल्ने गर्दछ। टाढाटाढा रहेका आफन्तलाई भेट्न र आशीर्वाद थाप्न पूर्णिमासम्म घरमा जाने चलन रहिआएको छ।

    यस्तै, आजदेखि दशैं मनाएर उपत्यका फर्किने यात्रुको भीड पनि बढेको छ। घटस्थापनादेखि अष्टमीसम्म घर गएका धेरै यात्रु टीका लगाएर काठमाडौं फर्किन थालेका हुन्। बुधबार र बिहीबारको तुलनामा आज राजधानीका मुख्य सडकमा सवारीसाधनको चाप उल्लेखनीय रूपमा बढेको ट्राफिक महाशाखाले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij