Logo

Oct 15 2025 | २०८२, असोज २९गते

Oct 15 2025 | २०८२, असोज २९गते

images

मधेस प्रदेशमा एमाले कांग्रेस बाहेकको पाँच दलीय गठबन्धनको सरकार बन्ने

मधेस प्रदेशमा एमाले कांग्रेस बाहेकको पाँच दलीय गठबन्धनको सरकार बन्ने

  • काठमाडौँ । मधेस प्रदेशमा एमाले कांग्रेस बाहेकको पाँच दलीय गठबन्धनको सरकार बन्ने भएको छ । नयाँ सरकार बनाउन  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उपाध्यक्ष तथा लोसपा मधेस संसदीय दलका नेता जितेन्द्र सोनलको नेतृत्वमा नयाँ सरकार बनाउने गरी प्रदेशमा ५ दलको गठबन्धन बनेको हो । 

    सोनललाई जसपा नेपाल, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले समर्थन जनाएको हो । पाँच दलको गठबन्धन बनेसँगै मधेसमा कांग्रेस-एमाले सत्ता बाहिरै हुने भएका छन् । 

     प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि दिएको समयसीमा  बुधबार अपराह्न ४ बजेसम्म बुधबार दिएकोमा त्यो अघि नै यी ५ दलका ५६ जना सांसदको हस्ताक्षर सँगै सोनलले बुधबार मुख्यमन्त्रीमा दाबी पेस  गर्ने गरी सहमति बनेको हो ।

    यसअघि काङ्ग्रेस एमाले र जनमतको सहकार्यमा सरकार बन्ने चर्चा थियो। नयाँ प्रक्रिया सुरु नहुँदै यी तीनटा पार्टीले हस्ताक्षर गरेर प्रदेश प्रमुखलाई बुझाइसकेका पनि थिए । तर आज यी पाँच दलको छुट्टै गठबन्धन बनेको हो । जनमतले कांग्रेस–एमालेको साथ छाडेर नयाँ गठबन्धन बनेसँगै नयाँ समीकरण सम्भव भएको हो । मधेसमा नयाँ सरकार गठबन्धका लागि ५४ सांसद आवश्यक पर्छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij