
काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज १० वटा रिट निवेदन दर्ता भएका छन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले रिटमाथि आगामी कात्तिक १२ गते सुनुवाइका लागि पेसी तोकिएको जानकारी दिनुभयो ।
प्रवक्ता कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति बदर, संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै मङ्गलबार पेस भएका १० वटा रिट निवेदन दर्ता भएका हुन् । दर्ता भएका निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइ हुनेछ ।
गत भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट क्षति पुगेको थियो । त्यसपछि बन्दीप्रत्यक्षीकरण, अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेक सबै काम स्थगन भएको थियो । मङ्गलबारदेखि रिट निवेदन दर्ता र सुनुवाइ खुलेपछि प्रतिनिधिसभा विघटनविरूद्ध रिट निवेदन आएका हुन् ।
रिट निवेदन पेस गर्नेमा अधिवक्ता डा प्रेमराज सिलवाल, युवराज पौडेल, अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलसमेत, आयुष बडाल, मकबुल मियाँ, अधिवक्ता खड्कबहादुर शाह, डम्बरप्रसाद शिवाकोटी, अधिवक्ता दलबहादुर धामी, प्रकाश भुजेल र विपिन ढकाल रहनुभएको छ ।
यही असोज २६ गतेको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सम्पूर्ण न्यायाधीशको पूर्ण बैठक ९फूल कोर्ट० यही असोज २८ रिट निवेदन दर्ता एवम् सुनुवाइको निर्णय गरेको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij