Logo

Oct 16 2025 | २०८२, असोज ३०गते

Oct 16 2025 | २०८२, असोज ३०गते

images

पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घट्यो

पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घट्यो

  • काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्यमा कटौती गरेको छ। निगमले आज (बुधबार) रातिदेखि लागू हुनेगरी पेट्रोल प्रतिलिटर २ रुपैयाँले घटाउने निर्णय गरेको हो। मूल्य समायोजनपछि काठमाडौं उपत्यकामा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १५९ रुपैयाँ कायम भएको निगमले एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ। निगमका अनुसार डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ। मूल्य घटेसँगै उपभोक्ताले केही राहत पाउने अपेक्षा गरिएको छ।

    NOC (1).jpg

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij