Logo

Oct 16 2025 | २०८२, असोज ३०गते

Oct 16 2025 | २०८२, असोज ३०गते

images

फागुन/चैतमा फुल्ने ‘पलम’ असोजमै फुल्यो

फागुन/चैतमा फुल्ने ‘पलम’ असोजमै फुल्यो

  • तुलसीपुर (दाङ)। दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको छ । स्थानीय पूर्णबहादुर पुनको घरमा लगाइएको पलम असोजको १५ गतेदेखि फुल्न थालेको हो । विगतमा फागुन/चैतमा फुल्ने गरेको भए पनि यसवर्ष भने असोजमै पलम फुल्न थालेकाले आफूहरू अच्चमित भएको स्थानीय प्रविर पुनले बताउनुभयो । “विगतमा फागुन÷चैतमा फूल फुल्थ्यो ।

    यसवर्ष भने असोजमै फुल्न थालेको छ”, उहाँले भन्नुभयो । यहाँ प्रायःसबै घरमा पलमका बोट छन् । तीमध्ये पुनले लगाएको फूल फुल्न थालेको हो । गएको वर्ष पनि छिल्लीकोटमा पुसमै काफल पाकेको थियो । वनस्पतिविज्ञ खेमराज शर्मा यसरी समयभन्दा अगाडि फुल्नु जलवायु परिवर्तनको असर रहेको बताउनुहुन्छ । “तापक्रम उच्च हुँदा यसरी समयभन्दा अघि फुल्ने हुन्छ । हाल हरेक वनस्पतिमा यस्तै समस्या देखिएको छ”, उहाँले भन्नुभयो । ---

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij