
काठमाडौँ।राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित एक कार्यक्रममा कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङले सो प्रतिवेदन पेस गर्नुभएको हो ।
यसैगरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थारू आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित एक कार्यक्रममा कार्यवाहक अध्यक्ष सुवोधसिंह थारूले सो प्रतिवेदन पेस गर्नुभएको हो । ---
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij