Logo

Oct 16 2025 | २०८२, असोज ३०गते

Oct 16 2025 | २०८२, असोज ३०गते

images

सरकारद्वारा विभिन्न देशका राजदूत फिर्ता बोलाउने निर्णय

सरकारद्वारा विभिन्न देशका राजदूत फिर्ता बोलाउने निर्णय

  • काठमाडौँ ।  सरकारले विभिन्न देशका राजदूत फिर्ता  बोलाउने  निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक नियुक्ति पाएर गएका राजदूत फिर्ता बोलाउने  निर्णय गरेको हो।सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले  संक्षिप्त जानकारी सार्वजनिक गरे अनुसार   २०८२ कात्तिक २० गतेभित्र नेपाल फर्कन निर्देशन दिइएको छ ।फिर्ता  बोलाइएका  राजदूतहरुमा चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिकार र जापानका रहेका छन्।

    चीनका लागि कृष्णप्रसाद ओली, जर्मनी शैल रुपाखेती, इजरायल धनप्रसाद पण्डित, मलेसिया डा. नेत्रप्रसाद तिमल्सिना, कतार रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल, स्पेनका शनिल नेपाल, बेलायतका चन्द्रकुमार घिमिरे, अमेरिका लोकदर्शन रेग्मी, र जापान डा. दुर्गाबहादुर सुवेदी रहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij