Logo

Oct 24 2025 | २०८२, कात्तिक ७गते

Oct 24 2025 | २०८२, कात्तिक ७गते

images

तनहुँको मानुङकोटमा आन्तिरिक पर्यटक  दैनिक  बढ्न थाले

तनहुँको मानुङकोटमा आन्तिरिक पर्यटक  दैनिक  बढ्न थाले

  • तनहुँ । तनहुँको मानुङकोटमा दैनिक आन्तिरिक पर्यटक   दैनिक ३ सयभन्दा बढीले बढ्न थालेका छन् । चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो  । व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला दैनिकजसो आन्तरिक पर्यटक पुग्ने गरेको स्थानीयहरू बताउँछन् ।

    तिहार बिदाका कारण यतिबेला मानुङकोटमा दैनिक औसतमा तीन सयभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरेको उनीहरूको भनाइ छ । मानुङकोटबाट सूर्योदयसँगै देखिने कुहिरोले यहाँ पुग्ने जो कोहीलाई मोहित बनाउने दमौलीबासी सोमबहादुर नेपालीको विश्वास छ ।नेपालीलगायतका स्थानीयहरूका अनुसार आउने पर्यटक यस्तै दृश्य हेर्न समय मिलाएर आउने गरका छन् ।

    मानुङकोट हिलटप होटलका सञ्चालक चुडामणि दाहालका अनुसार गएको  एक सातादेखि मानुङकोटमा पर्यटकको चाप बढेको छ । पर्यटकहरु अघिल्लो दिन बास बसेर सूर्योदय र कुहिरो हेर्ने गर्छन् ।

    मानुङकोटमा पर्यटक उक्लिने क्रम बढेपछि यहाँ होटल खुल्ने क्रम बढेको छ । विगतमा होटल समेत नरहेको यस ठाउँमा अहिले एक दर्जन होटल खुलिसकेका छन् व्यास नगरपालिकाले । दृश्यावलोकनका लागि  दृश्यवलोकन स्तम्भ निर्माण गरेको छ भने सुरक्षाका लागि डाँडाको छेउमा रेलिङ हालेको छ । रेलिङसँगैको भागमा हालै पैदलमार्ग निर्माण गरिएको छ ।

    मानुङकोटबाट धौलागिरी, माछापुच्छ«े, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ ।

    मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेकाहरू पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । खानेपानीको अभावमा यहाँका स्थानीयले गाउँ छाडेका थिए । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ ।

    मानुङकोट जाने सडक कालोपत्र भइसकेको छ । सहरी विकास मन्त्रालयको आर्थिक लगानीमा मानुङकोटसम्म पुग्ने सडक कालोपत्र गरिएको हो । अलैंचेबाट मानुङकोटसम्मको चार हजार तीन सय मिटर सडक कालोपत्र गरिएको छ । कालोपत्र गर्न अप्ठ्यारो रहेको ठाउँमा एक सय ८० मिटर आरसीसी ढलान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij