काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारीहरूले सेवा सुविधा पाउनु पर्ने माग राखी सुरु गरेको आन्दोलन फिर्ता लिएका छन् । उनीहरूले ३७ औं दिनमा आएर आन्दोलन फिर्ता लिएका हुन् । नेप्से कर्मचारी संघले विगत ३७ दिनदेखि आन्दोलन गर्दै आएको थियो ।
कर्मचारीले श्रम अदालतले भने अनुसार ५ प्रतिशत बोनस पाउनु पर्ने भन्दै आन्दोलनमा रहेका थिए । नेप्से व्यवस्थापनले श्रम अदालतको आदेश र बोनस ऐनमा भएको व्यवस्था नमिलेको भन्दै श्रम अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ ।
सर्वोच्चले विपक्षीलाई १५ दिन भित्र छलफलका लागि बोलाउने आदेश दिएपछि आन्दोलन स्थगन गरिएको हो । संघका अध्यक्ष नवराज थापाले मंगलबार सर्वोच्चको पत्र आफूले बुझे पछि आन्दोलन फिर्ता भएको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij