Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

कर कार्यालयहरूबाट हुने फुल अडिट बन्द गर्न अर्थ मन्त्रालयको निर्देशन , व्यवसायीलाई राहत

कर कार्यालयहरूबाट हुने फुल अडिट बन्द गर्न अर्थ मन्त्रालयको निर्देशन , व्यवसायीलाई राहत

  • काठमाडौँ । अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभाग र सबै कर कार्यालयहरूलाई विभिन्न उद्योग व्यवसायिक फर्महरूमा हुँदै आएको पूर्ण लेखापरीक्षण (फुल अडिट) बन्द गर्न निर्देशन दिएको छ ।

    अर्थमन्त्री रामेश्वर खनालले उद्योगी व्यवसायीहरूबाट निरन्तर गुनासो आएपछि  हाललाई विभाग र सबै कर कार्यालयहरूलाई फुल अडिट प्रक्रिया स्थगित गर्न निर्देशन दिइएको हो ।

    विभिन्न कार्यालयहरूले मातहतका उद्योग र व्यावसायिक फर्महरूमा स्याम्पलिङ गर्दै वार्षिकरूपमा फुल अडिट गर्दै आएका थिए । फुल अडिट गर्दा कर अधिकृत ,अडिटर तथा कर कार्यालयहरूले उद्योगी व्यवसायीहरूलाई अनावश्यक दुख दिने तथा व्यवसायीहरूबाट आर्थिक फाइदा लिने गरेको गुनासो बढेसँगै अर्थमन्त्रालयले फुल अडिट प्रक्रिया बन्द गर्न मातहतका सबै कर कार्यालयहरूलाई निर्देशन दिएको बताइन्छ । राजस्व चुहावट नियन्त्रण तथा कर प्रणालीमा पारदर्शिता ल्याउने मूल उद्देश्यका साथ सरकारले  फुल अडिट गर्ने प्रावधान राखेको थियो । फुल अडिट गर्दा  कर अधिकृत र कर कार्यालयहरूले व्यवसायीबाट नाजायज फाइदा पनि लिँदै आएको गुनासो व्यवसायीहरूले गरेका थिए । त्यसैले  मुख्य व्यापारिक केन्द्र तथा औद्योगिक क्षेत्रका  कर कार्यालयहरूमा जान  कर अधिकृतहरूको प्रतिस्पर्धा हुन्थ्यो । 

    अर्थमन्त्रालयको नीति अनुसार ठुला करदाता मध्येका करदाताहरूबाट स्याम्पलिङ गरी एक प्रतिशत करदाताहरूको मात्र फुल अडिट गर्नुपर्ने प्रावधान भएपनि कर कार्यालय र कर अधिकृतहरूले यसै प्रावधानलाई टेक्दै स्वविवेक रूपमा आफ्ना क्षेत्रका व्यापारिक फर्महरू माथि फुल अडिट गर्दै आएका थिए । अर्थमन्त्रालयको निर्देशन पछि अब कर कार्यालयहरूबाट हुने फुल अडिट हाललाई स्थगित गरिएको अर्थ मन्त्रालयले  बताएको छ ।अर्थ मन्त्रालयको हालैको  यो निर्देशनबाट उद्योगी व्यवसायीहरूले राहत महशुस गरेका छन् । उद्योगी व्यवसायीहरूलाई तत्काल कर अधिकृत र कर कार्यालयबाट हुने फुल अडिटको त्रास हटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij