काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनमा स्पष्ट बहुमत ल्याउने लक्ष्य बनाउँदै वैकल्पिक राजनीतिक शक्तिहरूसँग एकता, सहकार्य र मोर्चाबन्दीको नीति अख्तियार गर्ने घोषणा गरेको छ।
शुक्रबारदेखि चितवनमा सुरु केन्द्रीय समितिको विस्तारित बैठकमा कार्यवाहक सभापति डी.पी. अर्यालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा पार्टीको तत्कालीन सम्पूर्ण ध्यान चुनावमा केन्द्रित हुने जनाइएको छ ।
प्रतिवेदनले पुराना दलहरूको विकल्पमा एक सशक्त शक्ति निर्माण गर्न समान विचार भएका दल, समूह र व्यक्तिहरूसँग एकीकरण गर्ने, सम्भव नभए मोर्चाबन्दी गर्ने र त्यो पनि नभए मुद्दामा आधारित सहकार्य गर्ने रणनीति अघि सारेको छ।
प्रतिवेदनको पूर्ण पाठ
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij