Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images
खुल्यो धितोपत्र बोर्ड

७४ वटा कम्पनीको ५४ अर्ब १५ करोड बढीको साधारण शेयर ,६ अर्बको हकप्रद शेयर र २३ करोडको एफपीओ निष्कासनको प्रतीक्षामा

७४ वटा कम्पनीको ५४ अर्ब १५ करोड बढीको साधारण शेयर ,६ अर्बको हकप्रद शेयर र २३ करोडको एफपीओ निष्कासनको प्रतीक्षामा

  • काठमाडौँ । कर्मचारी आन्दोलनका कारण डेढ महिनाभन्दा बढी समयदेखि ठप्प रहेको नेपाल धितोपत्र बोर्डको काम आजदेखि नियमित रूपमा सुरु भएको छ । गत असोज २ गते अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाबाट बोर्डबाट सञ्चालित कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षण कोष तत्काल खारेज गर्न निर्देशन दिएको थियो । कोष खारेज गर्ने मन्त्रालयको निर्देशन विरुद्ध कर्मचारीहरू डेढ महिनादेखि काम ठप्प पारेर आन्दोलन गरिरहेका थिए ।  आन्दोलनमा उत्रिएका कर्मचारीहरूको माग पूरा गर्नेगरी सहमति भएसँगै बोर्डको नियमित कामकारबाही सुचारु भएको हो । 
    बोर्डको कामकारबाही सुरु भएसँगै रोकिएका सेयर निष्कासन अनुमति तथा बोर्ड अन्तर्गतका निकायको नियमित काम कारबाही सुरु हुनेछ । अहिले धितोपत्र बोर्डमा ७४ वटा कम्पनीको ५४ अर्ब १५ करोड बढीको साधारण शेयर (आईपीओ) निष्कासनको प्रतीक्षामा रहेका छन् । त्यस्तै, झन्डै पौने ६ अर्बको हकप्रद शेयर तथा झन्डै २३ करोडको एफपीओ समेत निष्कासनको प्रतीक्षामा छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij