काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा मङ्गलबार आयोजित एक समारोहमा मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिस अनुसार मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका राष्ट्रपति पौडेलले नवनियुक्त प्रदेश प्रमुख कर्णलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम भण्डारीलाई मङ्गलबारबाट लागु हुने गरी पदमुक्त गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।कानुनविपरित मुख्यमन्त्री नियुक्त गरेको भन्दै सरकारले सोमबार भण्डारीलाई पदमुक्त गर्न सिफारिस गरेको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij